Sagun Khabar
युवाहरुको अगुवाइमा पाटन बजारमा सरसफाइ 

बैतडी –बैतडीको पाटन बजारमा युवाहरूको अगुवाइमा सरसफाइ गरिएको छ । शुक्रबार बिहान बजार क्षेत्रमा सरसफाइ गरिएको कार्यक्रम संयोजक अशोक बिष्टले जानकारी दिए ।

सरसफाइ अभियानमा पाटन नगरपालिकाका प्रतिनिधि, पाटन नगरपालिका वडा नम्बर ६का प्रतिनिधि, इलाका प्रहरी कार्यालय पाटनका प्रतिनिधि, बजार व्यवस्थापन समिति तथा वडा नम्बर ६ का युवाहरूको सहभागिता रहेको थियो । 

स्वच्छ, सुन्दर र व्यवस्थित पाटन बजार निर्माणका लागि आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिइने बिष्टले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३  १७:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update