सुदूरपश्चिमका केही ठाउँमा आज भारी बर्षाको सम्भावना

बैतडी – सुदूरपश्चिमका केही ठाउँमा आज भारी बर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिमका साथै प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशमा पनि भारी बर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि सुदूरपश्चिमका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९ ०७:५५
प्रतिक्रिया दिनुहोस्