Sagun Khabar
शेखर समूहका गतिविधिलाई नजिकबाट हेरिरहेका छौं : कांग्रेस प्रवक्ता महत 
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले डा शेखर कोइराला समूहको गतिविधिलाई नजिकबाट हेरिरहेको बताएका छन् । मंगलबार पार्टी कार्यालय, सानेपामा आयोजित पत्रकार सम्मेलनमा डा. महतले समानुपातिक पद्धतिको बन्दसूची सहमतिबाटै तयार पारिएको दाबी गरे ।  कुनै एउटा पक्षलाई पक्षपोषण गर्ने गरी सूची नबनेको भन्दै उनले अहिले भइरहेको विरोध अनावश्यक र पार्टीको हितमा नरहेको बताए । 

उनले भने, ‘पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय बोर्डका सदस्यहरु समावेश भएर सहमतिबाट त्यो सूची पेश गरिएको छ । त्यहाँ कतिपय त्रुटिहरु छन् । तर एउटा पक्षलाई पक्षपोषण गरेर अर्कोलाई कमजोर गर्ने केही भएको छैन । यो विषयलाई उठाएर एकलौटी गरियो, छलफल भएन भन्नेमा सत्यता छैन ।’

शेखर समूहका नेताहरुले गरिरहेको विरोधतर्फ संकेत गर्दै उनले यो उपयुक्त नभएको बताएका छन् । उनले भने, ‘यो पार्टी अनुशासनको कुरा होइन ।’
 

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update