Sagun Khabar
घरमा काम गर्ने किशोरीमाथि बलात्कार गरेको आरोपमा बैतडीका एकजना पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौं – किशोरीमाथि बलात्कार गरेको आरोपमा बैतडीका एकजना पक्राउ परेका छन् । आफ्नै घरमा काम गर्ने किशोरीमाथि बलात्कार गरेको आरोपमा  बैतडीको सिगास गाँउपालिका–५ घर भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ बोडे बस्ने ४९ वर्षीय टेकबहादुर चन्द पक्राउ परेका हुन् । 

१९ वर्षीया किशोरीलाई बलात्कार गरेको कसुरमा उनलाई बुधबार पक्राउ गरेको प्रहरी वृत्त ठिमी परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए । पक्राउ परेका चन्दमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।
 

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update