Sagun Khabar
बैतडीमा अटो दुर्घटना,  सात जना घाइते 

बैतडी –बैतडीमा सोमबार अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन् । जिल्लाको गोकुलेश्वरबाट देहीमाण्डौं आउँदै गरेको अनटेस्ट अटो महाकाली राजमार्ग अन्तर्गत बैतडीको बसालीमा बिहान दुर्घटनामा परेको हो । 

निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रा हेर्नका लागि आउँदै गरेका मानिस सवार अटो दुर्घटना हुँदा चालक चालक धनसिंह थलाल सहित सात जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

तीव्र गतिमा रहेको अटो सडकमा भएको खाल्डोमा परेर अनियन्त्रित भइ सडकबाट करीब ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर डिलाशैनी गाउँपालिका ६ का ५० बर्षीय बीरसिंह खत्री र उनकी श्रीमति ४५ बर्षीय अम्मरा अत्री, सोही ठाउँकी १३ बर्षीया संगिता थलाल, २५ बर्षीया निर्मला थलाल, १६ बर्षीया धनपति थलाल र ९ बर्षीय जनक थलाल घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्थामा समान्य रहेको प्रहरीले जनाएको छ ।  

प्रकाशित मिति: सोमबार, असोज १७, २०७९  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update