Sagun Khabar
दशरथचन्द नगरपालिकामा आन्तरिक मूल्यांकनबाट विद्यार्थीको परीक्षाफल प्रकाशन गरिने 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाले आन्तरिक मूल्यांकनका आधारमा परीक्षाफल प्रकाशन गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । 

कोरोना भाईरसका कारण भौतिक उपस्थितीमा परीक्षा गर्न सम्भव नभएकाले कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुको आन्तरिक मूल्यांकनबाट परीक्षाफल प्रकाशन गर्न नगरपालिकाले आग्रह गरेको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

नगरपालिकाले एक सूचना जारी गर्दै विद्यालयका प्रधानाध्यापकको संयोजकत्वमा ३ सदस्यीय विद्यार्थी मूल्यांकन समिति गठन गर्न आग्रह गरेको छ । समितिले पाठ्यवस्तु समायोजन ढाँचा २०७७ अनुसार र कक्षा शिक्षकबाट पूर्व सञ्चालन गरेका मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशन गर्न भनेको छ । 

यस्तै विद्यार्थीको नतिजा अभिभावक र शिक्षकहरुलाई फोनबाट अथवा एसएमएसबाट जानकारी दिन पनि भनिएको छ । यसैगरी विद्यार्थीहरुको जेठ मसान्तभित्र वेभसाइडमा अपलोड गरिसक्न समेत नगरपालिकाले आग्रह गरेको छ । 

भौतिक रुपमा परीक्षा सञ्चालन गर्न सक्ने स्थिती नभएपछि आन्तरिक मूल्यांकनबाट परीक्षा सञ्चालन गर्ने निर्णय भएको दशरथचन्द नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले बताए ।

प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update