Sagun Khabar
खडेरीले हिउँदे बाली उत्पादनमा कमी आउने

बैतडी, ३ चैत–
खडेरीका कारण बैतडीमा यो बर्ष हिउँदेबालीको उत्पादनमा कमी हुने भएको छ । लामो समयदेखि पानी नपर्दा हिउँदेबालीको उत्पादनमा ह्रास आउने अनुमान गरिएको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख दिलबहादुर सिंहले जानकारी दिनुभयो । यो बर्ष गहुँ उत्पादनमा निकै गिरावट आउने उहाँले बताउनुभयो ।

बैतडीमा १७ हजार ५ सय हेक्टर जमीनमा गहुँ खेती गरिँदै आएको भएपनि ८ हजार हेक्टरमा मात्रै सिंचाईको सुविधा रहेको छ । सिंचाईको सुविधा नभएका ठाउँमा कतिपय किसानहरुले गहुँबाली छर्नै पाएनन् भने छरेका ठाउँमा पनि खडेरीका कारण बालीनाली सुकेको किसानहरुले बताएका छन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

यो बर्ष हिउँदमा बर्षा नहुँदा सिंचाई सुविधा नभएका ठाउँमा गहुँबाली सुकिसकेको किसानहरुले बताएका छन् । खडेरीका कारण उत्पादनमा २५ देखि ३० प्रतिशत कमी आउने आँकलन गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । उ

त्पादनमा ह्रास आउने संकेत देखिएसंगै जिल्ला बाहिरबाट खाद्यान्न आयात वृद्धि हुनेछ । खडेरीका कारण बालीनाली सुकेपछि बाहिरबाट आयात गर्नुपर्ने खाद्यान्न परिमाण वृद्धि हुने कृषि ज्ञान केन्द्रका प्रमुख सिंहले जानकारी दिनुभयो । प्रत्येक बर्ष जिल्लामा हिउँदे बाली उत्पादनमा गिरावट आउने गरेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update