Sagun Khabar
तिमीले कति बिधालयहरु जलायौ मैले हजारौं विद्यार्थीको भबिस्य बनाए  “शिक्षक”  

शिक्षक    
तिमीले बन्दुक चलाउन सिकायौ 
मैले कलम चलाउन सिकाए,
फरक यत्ति छ
तिमीले  हत्या र हिंसा गर्न सिकायौ
मैले लेख्न र पढ्न सिकाए,

तिमीले चोर्न र लुट्न सिकायौ 
मैले नङ काट्न र सिगान पुछ्न सिकाए,
फरक यत्ति छ
तिमीले स्कुलका रजिस्ट्ररहरु जलायौ
मैले ति च्यात्तिएका पानाहरु सजाए, 

स्वास्थ्य सन्देश
Atrya hospital

तिमीले कति बिधालयहरु जलायौ
मैले हजारौं विद्यार्थीको भबिस्य बनाए,
फरक यत्ति छ 
तिमीले जनताहरुलाई जङ्गलमा पुर्यायौ
मैले बिद्यार्थीहरुलाई  स्कुलमा  पुर्याए,

तिमीले आतंकलाई निम्त्यायौ
मैले शान्तिलाई निम्त्याए,
फरक यत्ति  छ
तिमीले मन्दिरहरु भत्कायौ
मैले सभ्यता बचाए,

तिमीले क्रान्ति भनेर कतिको घरबार बर्बाद गर्यौ
मैले समाजमा शिक्षाको दियो जलाए,
फरक यत्ति छ
तिमीले नदि तर्दै गरेको बिद्यार्थीलाई ढुङ्गा हानेर बगायौ
मैले पिठ्युँमा बोकेर विद्यार्थीलाई  स्कुलमा  पुगाए,
   

 ✍️✍️✍️   M.P JOSHI
                  ( Baitadi)

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  २१:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update