Sagun Khabar
भरुवा बन्दुक सहित एकजना पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

अछाम – अछाममा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ४ कालिगाडी बस्ने ललितबहादुर कुँवर भरुवा बन्दुकसहित पक्राउ परेका हुन् । 

कुँवरलाई एक थान भरुवा बन्दुकसहित विहिबार दिउँसो पक्राउ गरिएको प्रहरी जनाएको छ । प्रहरी चौकी सिउडीबाट गस्तीमा खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो । 
 

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update