Sagun Khabar
नागरिकता लिन जिल्ला प्रशासन पुगे रवि लामिछाने 
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौं –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका छन् । उनका समर्थक पनि जिल्ला प्रशासन कार्यालय पुगेका छन् । जसका कारण जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भीड छ ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो । यससँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद पनि गुमाएका छन् ।

त्यसैले रवि अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका हुन् ।
 

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update