Sagun Khabar
आज हरितालिका तीज पर्व मनाइँदै

काठमाण्डौ – आज हरितालिका तीज पर्व मनाइँदैछ । भदौ शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ ।

हिजो दर खाएपछि औपचारिक रूपमा शुरु भएको तीज पर्व यस वर्ष भोलि ऋषि पञ्चमी गरी सकिनेछ । तीजको अवसरमा पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । तर विगतमा जस्तो यस वर्ष तीजको उत्सव छैन ।

हालैको भोटेकोशी बाढीले पु¥याएको क्षतिको प्रभाव तीज पर्वमा समेत परेको छ । आज तीज मनाउन महिलालाई बिदा दिइएको छ । दर खाएपछि आज तीजको व्रत बस्ने गरिन्छ । तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव छ । आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गरी सक्ने भए मात्र निराहार व्रत बस्न नभए व्रत बस्दा प्रशस्त पानी, फलफूल र जुस खान डाक्टरको सुझाव छ ।

निराहार व्रत बस्दा शरीरमा पानीको कमी भई बेहोश हुन सक्ने जोखिम हुन्छ । सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत बस्न सकिने सकिने धर्मशास्त्रमा पनि उल्लेख छ ।
स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केराजस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने धार्मिक मान्यता छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  ०८:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update