Sagun Khabar
रवि लामिछानेले पाए नेपाली नागरिकता 
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौं –रवि लामिछानेले नागरिकताको प्रमाणपत्र पाएका छन् । उनले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गरेपछि उनले नागरिकता पाएका हुन् । यसअघि नेपाली नागरिकता लिएर सो नागरिकता त्यागी अमेरिकी नागरिकता लिएका उनले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिएका थिएनन् । नेपाली नागरिकताको प्रमाणपत्र नभएरै उनी चुनावसमेत लडेका थिए ।

जसका कारणको उनको सांसद पदसमेत सर्वोच्च अदालतले शुक्रबार खारेज गरिदिएको थियो । आइतबार उनले नेपाली नागरिकता लिएका हुन् ।
 

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update