Sagun Khabar
महालक्ष्मी विकास बैंक पाटन साखा द्वारा कैलाश आ वि लाई अवश्यक समाग्री हस्तान्तरण 

बैतडी महलक्ष्मी विकास बैंक पाटन साखाले श्री कैलाश आ वि डङ्सिलिलाई आवश्यक समाग्री बितरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विद्यालयलाई आवश्यक समाग्री हस्तान्तरण गरिएको हो ।

शुक्रबार विद्यालयमै गई १ थान स्टिल दराज,७ वटा पलास्टिक कुर्सि, ३ वटा ह्वाइट् बोर्ड हस्तान्तरण गरेको पाटन नगरपालिका वडा नं. १ का वडा अध्यक्ष तर्क सिंह ठगुन्नाले जानकारि दिए ।

प्रत्येक बर्स संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विभिन्न संस्थाहरुलाई आवश्यक समाग्री वितरण गर्दै आएको महालक्ष्मी विकास बैंक पाटन साखाले यो बर्स कैलाश आ वि लाई  आवश्यक समाग्री वितरण गरेको महालक्ष्मि विकास बैंक पाटन साखाका म्यानेजर बिजय साहाले बताए ।

समाजमा हरेक संस्थाहरुको महत्वपुर्ण भुमिका रहने भएकोले संस्थाहरुले जिम्मेवार हुनुपर्छ र आ आफ्नो क्षेत्रबाट हरेक क्षेत्रमा सहयोग पुर्याउने हेतुका साथ यो कार्यक्रम सञ्चालनमा रहेको बैंक स्टाफ महेस सिंह बिष्टले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  ११:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update