Sagun Khabar
बैतडीको दशरथचन्द नगरपालिकाका महिलाहरुले गरे दुना टपरी उद्योग सञ्चालन

बैतडीको दशरथचन्द नगरपालिकामा महिलाहरुले सामुहिक दुना टपरी उद्योग सञ्चालन गरेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका ६ का महिलाहरुले गाउँघरमै उपलव्ध हुने कच्चा पदार्थको सदुपयोग गर्ने गरी दुना टपरी उद्योग सञ्चालन गरेका हुन । 

गाउँघरमै पाइने सालका पातहरुलाई सदुपयोग गरी  दुना टपरी उद्योग खोलेर आत्मनिर्भर बन्ने योजनाका साथ  उनीहरुले दुना टपरी उद्योग स्थापना गरेका छन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

उद्योग स्थापनाकालागी अक्सफाम नेपाल रुडेस बैतडीले आर्थीक तथा प्राबिधिक सहयोग गरी ५ जनालाई पहिले प्रशिक्षक तालिम दिईएको र अहिले गाउँमा ३० जना लाई तिनै ५ जनाले सिकाई रहेका उद्यमी सन्तु भारतीले बताईन । 

आफ्नै गाउँठाउँमा रोजगारी सिर्जना हुनेगरी प्रदान गरिएको प्रशिक्षक तालिमले आफु निकै खुसी भएको र अब गाउँका अरु महिलाहरुलाई पनि दुना टपरी बनाउन उत्प्रेरित गर्ने दुनाटपरीको तालिम गरेर आएकी महिला भागरथी जोशीले बताईन । 

संस्थाले निरपाल महिला शसक्तीकरण गठन गरी सामुहिक रुपमा महिलाहरुलाई आत्मनिर्भर बनाउनको लागि उद्योगमा सहयोग गरेको ग्रिन परियोजना बैतडीका कार्यक्रम संयोजक गोपाल भाटले बताए ।

आफुलाई फुर्सदहुने समयमा महिलाहरु उद्योगमा आएर दुना टपरी बनाउने गर्दछन् । दुना टपरि निर्माण गरिसकेपछि बजारीकरण गर्नको लागि र थप मेसिन खरिदको लागि उनीहरुले नगरपालिकालाई अनुरोध समेत गरेको जोशीले बताइन् ।
 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update