Sagun Khabar
डिलाशैनी गाउँपालिकाको एम्बुलेन्सनै बिरामी

बैतडी  डिलाशैनी गाउँपालिकाको एम्बुलेन्सनै बिरामी अवस्थामा रहेको छ ।मर्मत सम्भारको अभावमा सुदूरपश्चिम प्रदेश ०१–००१ झ ३४६ नम्बरको एम्बुलेन्स एक वर्षदेखि पन्सेरामा थन्किएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले खरिद गरेर दिएको एम्बुलेन्स एकै ठाउँमा लामो समय राखिएका कारण टायरलगायत अन्य पाटपुर्जा बिग्रिसकेका छन् । डिलाशैनी सरकारले बिग्रिएको एम्बुलेन्सको मर्मत गर्न नसक्दा बिरामीले सेवा पाउन सकेका छैनन ।

स्वास्थ्य सन्देश
Atrya hospital

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले २०७६ कार्तिकमा डिलासैनी गाउँपालिकालाई ३९ लाखको ‘बी ग्रेड’ को अत्याधुनिक एम्बुलेन्स खरिद गरी हस्तान्तरण गरेको थियो । केही वर्ष राम्रो चलेको एम्बुलेन्स बिगत एक बर्षदेखि बाटोमै थन्किएको छ ।

बिग्रिएपछि गाउँपालिकाले मर्मतमा चासो नदिदा थन्किएको एक स्थानीयले बताए । एम्बुलेन्स अभावमा डिलाशैनीमा बिरामी भने सास्ती खेप्न बाध्य छन् । मन्त्रालयले किनेर दिएको एम्बुलेन्स समेत मर्मत गरी सञ्चालनमा ल्याउन नसेकोको भन्दै डिलाशैनी सरकारको चारैतिर आलोचना भईरहेका छ ।

एम्बुलेन्स जस्तो संवेदनशील साधन एक वर्षदेखि यसरी थन्किँदा समेत जनप्रतिनिधिहरूले चासो नदिएको भन्दै स्थानीय आक्रोशित छन् । अत्यावश्यक साधनको रुपमा रहेको एम्बुलेन्स सञ्चालन र व्यवस्थापनमा पालिकाले ध्यान नदिएको उनीहरुको भनाई छ ।

बिरामीलाई उपचारका लागि अस्पताल लैजान चर्को भाडा तिरेर नीजि सवारीसाधन खोज्नुपर्ने बाध्यता रहेको एक अर्का स्थानीयले बताए । गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले लामो समयसम्म एम्बुलेन्स एकै स्थानमा रहेकाले मर्मत गर्न धेरै खर्च लाग्ने बताए । 
 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update