Sagun Khabar
बैतडीको शिवनाथमा पशु चौपायामा लुम्पी भाइरलको सङ्क्रमण

बैतडी - बैतडीको शिवनाथ गाउँपालिकामा लुम्पी भाईरल रोग फैलिएको छ । शिवनाथ गाउँपालिका २, जोलापानी बस्कोटी बस्तीका गाई,गोरुमा लुम्पी स्किन डिजिज भाईरलु रोग फैलिएको हो ।

अहिलेसम्म ४० वटा गाई गोरुमा रोगको सङ्क्रमण फैलिएको गाउँपालिकाका पशु शाखा प्रमखु प्रकाशसिंह साउदले जानकारी दिनुभयो । गाउँपालिकाको जोलापानी आसपासमा लुम्पी स्किन डिजिज भाईरलबाट गाई गोरु बढी सङ्क्रमित भएका छन् ।

स्वास्थ्य सन्देश
Atrya hospital

पशु शाखा प्रमखु प्रकाशसिंह साउदका अनुसार यो रोग लाग्दा पशुलाई ज्वरो आउँने, शरीरको छालामा फोका उठ्ने, ¥याल र सिंगान काँड्ने, खुट्टाका जोर्नी फुल्ने, दुहुनो गाईले दूध कम दिने र गर्भीर्णी पशु तुहिने समस्या देखा पर्ने गर्दछ । रोगको सङ्क्रमण फैलिन नदिन प्राथमिक उपचार सुरु गरिए पनि रोग नियन्त्रण बाहिर पुगेको उहाँले बताए ।

सामान्य एन्टिबायोटिक दिने काम सुरु भए पनि यो रोग निको पार्ने सम्बन्धी कुनै भ्याक्सिन नभएको जनाईएको छ । यो रोग झिङ्गा, मच्छर र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा सङ्सर्गका माध्यमबाट फैलिने भएकाले सचेत रहन सवैमा अपिल गरिएको छ ।

पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका अनुसार रोग नियन्त्रणका लागि बैतडीमा कुनै भ्याक्सिन छैन । लुम्पी भाईरल रोग नेपालमा २०७७ सालमा मोरङबाट फैलिएको होे । त्यसपछि चितवनमा देखा परेको लुम्पी रोग बैतडीको शिवनाथमा पनि देखा परेको जनाईएको छ ।

रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागी गोठको सरसफाई, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नु पर्ने हुन्छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update