Sagun Khabar
सुदूरपश्चिममा बिहीबार २४ जनामा कोरोना पुष्टि 

बैतडी–सुदूरपश्चिम प्रदेशमा विहीबार एकै दिन २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

सात सय ८० जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा २१ जना र २४ जनाको पिसिआर विधिबाट गरिएको परिक्षणमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा कैलालीमा १८ जना, बैतडीमा चार जना र कञ्चनपुरमा दुईजनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १८:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update