Sagun Khabar
कांग्रेसको पाटन कार्यवाहक सभापतिमा महरा,दलित संघ कार्यवाहक अध्यक्षमा पार्की 

बैतडी –नेपाली कांग्रेस बैतडीले पाटन नगर कार्यसमितिको सभापतिको जिम्मेवारी उपसभापति रमेश महरालाई दिएको छ । रिक्त रहेको सभापति पदमा महरालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय भएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए । 

गएको आमचुनवाको समयमा पाटन नगरसभापति मानबहादुर ऐर अनुशासनको कारवाहीमा परेपछि सभापतिको पद रिक्त रहेको थियो । सो पदमा उपसभापति महरालाई कार्यवाहकको जिम्मेवारी दिने निर्णय भएको सचिव जोशीले बताए ।

यस्तै नेपाल दलित संघ बैतडीको कार्यवाहक अध्यक्षको जिम्मेवारी सुरत पार्कीलाई लिइएको छ । दलित संघका अध्यक्ष रमेश कोली अनुशासनको कारवाहीमा परेपछि पार्कीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको सचिव जोशीले बताए । 

पार्की यसअघि दलित संघका जिल्ला उपाध्यक्षमा पदमा रहेका थिए । बिहीबार बसेको नेपाली कांग्रेस जिल्ला कार्यसमितिले पार्टीको अनुशासन विरुद्ध काम गरेकाहरुको कारवाहीलाई अनुमोदन गर्दै रिक्त पदहरुमा जिम्मेवारी तोकेको सचिव जोशीले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  ०९:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update