Sagun Khabar
दशरथचन्द नगरपालिकाको ‘लोगो’सार्वजनिक

 बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाले आफ्नो प्रतीक चिन्ह अर्थात ‘लोगो’सार्वजनिक गरेको छ । नगरपालिका स्थापना भएको २७ बर्षपछि नगरपालिकाले पहिलो पटक नगर स्थापना दिवस मनाउँदै लोगो सार्वजनिक गरेको हो । 

नगरपालिकाले सार्वजनिक गरेको लोगोमा अमर शहीद दशरथ चन्दको तस्बिरमा दाँया–बाँया दुईओटा लालीगुराँशको फूल, मध्य भागमा त्रिपुरासुन्दरी, निङ्गलाशैनी, ग्वाल्लेकेदार, ईश्वरीगंगा धाम, जगन्नाथ लगायत प्रमुख धार्मिक पर्यटकीय क्षेत्रहरु समावेश गरिएको छ । 

संघीय सांसद दामोदर भण्डारी र नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले संयुक्त रुपमा लोगो सार्वजनिक गरेका हुन् । नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)को अध्यक्षतामा भएको प्रथम नगर स्थापना दिवसमा संघीय सांसद भण्डारी प्रमुख अतिथी रहेका छन् । यस्तै समारोहमा नगर उपप्रमुख कौशिला चन्द, प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, सुरक्षा निकायका प्रमुख, जिल्लास्थित सरकारी तथा गैरसरकारी निकायका प्रमुख, स्थानीय नागरिक लगायतको सहभागिता छ । 
यस्तै नगरपालिकाले हेलो मेयर कार्यक्रम सञ्चालनका लागि टोल फ्रि नम्बर समेत सार्वजनिक गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १५:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update