Sagun Khabar
बालविवाह अन्त्यका लागि अभिभावक रुपान्तरण तालिम 

बैतडी –बैतडीमा बालविवाह अन्त्यका लागि अभिभावक रुपान्तरण तालिम शुरु भएको छ । बालविवाहले पार्ने असरका बारेमा अभिभावकहरुलाई जानकारी दिनका लागि तालिम शुरु गरिएको हो । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए), भीएसओ र पिसवीनको सहयोगमा तालिम शुरु गरिएको हो । 

पाटन नगरपालिका ४, दोगडाकेदार गाउँपालिका ५ र दशरथचन्द नगरपालिका वडा नं ८ मा तालिम सञ्चालन गरिएको पीसवीनका फिल्ड सुपरभाइजर कृष्ण भट्टले जानकारी दिए । रुपान्तरण कक्षा सहभागी किशोरकिशोरीका अभिभावकहरुका लागि तालिम शुरु भएको हो । 

तीनदिन सम्म सञ्चालन हुने तालिममा बालविवाहले पार्ने असर, सामाजिक कुरिती लगायतका बिषयमा छलफल गर्ने गरिएको छ । बालविवाहले पार्ने असरका बारेमा किशोरकिशोरी मात्रै नभएर अभिभावकहरु पनि जागरुक हुन आवश्यक रहेकाले उनीहरुका लागि तालिम सञ्चालन गरिएको भट्टले बताए । 

रुपान्तरण कार्यक्रमले लामो समयदेखि बालविवाह न्यूनीकरणका क्षेत्रमा काम गर्दै आइरहेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए । पहिलाको तुलनामा बालविवाह घटेपनि भागी विवाह चुनौतीको रुपमा देखा परेको उनले बताए । 

बालविवाहले पार्ने असरका बारेमा अभिभावकहरु जानकार भएमा बालविवाह रोक्न सकिने भएकाले उनीहरुका लागि तालिम सञ्चालन गरिएको हो । 
 

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १७:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update