Sagun Khabar
नेपाल नेत्रज्योती संघ बैतडीको सभापतिमा पाण्डेय निर्विरोध निर्वाचित 

बैतडी – नेपाल नेत्र ज्योती संघ शाखा बैतडीको सभापतिमा लक्ष्मीदत्त पाण्डेय निर्विरोध निर्वाचित भएका छन् । संघको शनिबार सम्पन्न भएको २८ औं बार्षिक साधारण सभाले १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । 

अन्य सदस्यहरु पनि निर्विरोध निर्वाचित भएका सभापति पाण्डेयले बताए । संघको अन्य सदस्यहरुमा जयसिंह बिष्ट, छविराज जोशी, विष्णुदत्त जोशी, गणेशदत्त भट्ट,करनसिंह कठायत, चक्रसिंह बिष्ट र दशरथसिंह बिष्ट चयन भएका छन् । 
यसैगरी जंगबीर बिष्ट, चमनकुमार भण्डारी, तेजबहादुर चन्द,दीपा पौडेल र कल्पना भण्डारी पनि संघको सदस्यमा चयन भएका सभापति पाण्डेयले जानकारी दिए । 

बैतडीमा नेपाल नेत्र ज्योती संघका ८० जना आजीवन सदस्य रहेका छन् भने एकजना यएसकर सदस्य रहेका छन् । जिल्ला कार्यसमितिको बैठकले निर्वाचित भएका सदस्यहरु मध्ये अन्य पदाधिकारीको जिम्मेवारी दिइने सभापति पाण्डेयले बताए ।  
 

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १७:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update