सुदूरपश्चिममा शनिबार थप २२ जनामा कोरोना पुष्टि
बैतडी –सुदूरपश्चिममा शनिबार २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा सात सय १६ जनामा एन्टिजेन विधिबाट गरिएको परिक्षणमा २२ जनामा कोरोना पोजेटिभ देखिएको छ भने छ सय ९४ जनामा नेगेटिभ देखिएको छ ।
संक्रमित मध्ये २० जना कैलालीका र एक÷एक जना दार्चुला र कञ्चनपुरका रहेका स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, चैत २५, २०७९ १७:५८
प्रतिक्रिया दिनुहोस्





