बैतडी –नेकपा एमालेले बैतडीमा सञ्चालन भएको ‘मिसन ग्रासरुट’अभियानको समीक्षा गरेको छ । शनिबार बसेको जिल्ला कमिटि बैठकले अभियानको समीक्षा गरेको एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीले बताए ।
एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय कमिटि सदस्य पठानसिंह बोहरा प्रमुख अतिथी रहेका थिए । यस्तै बैठकमा केन्द्रीय सदस्य नरबहादुर धामी, अफिलाल ओखेडा, प्रदेश कमिटिका अध्यक्ष दामोदर भण्डारी लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
बैठकले जिल्लाका १० ओटै स्थानीय तहमा सम्पन्न भएको ‘मिसन ग्रासरुट’अभियानको समीक्षा गरेको उपसचिव भण्डारीले बताए । अभियानका समयमा देखिएका बिषयवस्तुका बारेमा बैठकमा छलफल भएको उनले बताए ।
यस्तै बैठकले नेताहरुले आफ्नो जिम्मेवारी अनुसार पार्टी संगठन सुदृढीकरणको कामलाई जारी राख्नुपर्ने निर्णय समेत गरेको छ ।





