Sagun Khabar
बैतडीका ५ पालिकामा भूमीहिनको तथ्यांक संकलन, ५ को विवरण आउन बाँकी 

बैतडी–बैतडीका ५ ओटा स्थानीय तहमा रहेका भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्यांक संकलन भएको छ । राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीका अनुसार पञ्चेश्वर गाउँपालिका, पुर्चौंडी नगरपालिका, सुर्नया गाउँपालिका, पाटन नगरपालिका र शिवनाथ गाउँपालिकाको तथ्यांक संकलन कार्य सम्पन्न भएको हो । 

यी ५ ओटा पालिकाको विवरण राष्ट्रिय भूमी आयोगमा समेत पठाईसकिएको छ । प्राप्त विवरण अनुसार पञ्चेश्वर गाउँपालिकामा २४५ भूमीहिन दलित, ६ परिवार भूमीहिन सुकुम्बासी र ३९६ परिवार अव्यवस्थित बसोबासी रहेका छन् । यस्तै पुर्चौंडी नगरपालिकामा ५७ परिवार भूमीहिन दलित, १६ परिवार भूमीहिन सुकुम्बासी र ४९ परिवार अव्यवस्थित बसोबासी रहेका नापी कार्यालय बैतडीका प्रमुख विवेक चन्दले बताए । 

यसैगरी सुर्नया गाउँपालिकामा ७ परिवार भूमीहिन दलित, १६ परिवार भूमीहिन सुकुम्बासी र १९ परिवार अव्यवस्थित बसोबासी रहेका छन् । यस्तै पाटन नगरपालिकामा ५७ परिवार भूमीहिन दलित, ६४ परिवार भूमीहिन सुकुम्बासी र १५१ परिवार अव्यवस्थित बसोबासी रहेका छन् । शिवनाथ गाउँपालिकामा ४८ परिवार भूमीहिन दलित, ७ परिवार भूमीहिन सुकुम्बासी र ३४६ परिवार अव्यवस्थित बसोबासी रहेका छन् । 

अन्य पालिकाहरुले तथ्यांक संकलन गरेका भएपनि विवरण बुझाउन ढिलाई गरिरहेका नापी कार्यालय बैतडीका प्रमुख चन्दले बताए । दशरथचन्द नगरपालिका बाहेकका स्थानीय तहहरुले माघभित्रै तथ्यांक संकलन गरेर पठाईसक्नुपर्ने भएपनि अहिले सम्म पठाउन सकेका छैनन् । दशरथचन्द नगरपालिकाले भने आयोगसंग ढिला सम्झौता गरेकाले तथ्यांक संकलन गरिरहेको छ । 

पालिकाहरुलाई छिटो विवरण पठाउनका लागि आग्रह गरिएको राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीका अध्यक्ष धनबहादुर ऐरले बताए । पालिकाहरुको ढिलाईका कारण आयोगमा तथ्यांक पठाउन समस्या भइरहेको उनले बताए । 
 

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १३:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update