Sagun Khabar
बिसु  पर्वका दिन बैतडीको गोवेश्वर धाममा  स्नान  मेला लाग्ने

बैतडी- बैतडीको गोवेश्वर धाममा भव्य मेला लाग्ने भएको छ । जिल्लाको सुर्नया गाउँपालिका ५ स्थित   धार्मीक स्थल   गोवेश्वर धाममा बैशाख १ गते बिसु  पर्वका दिन स्नान  मेला लाग्ने भएको हो ।

हरेक वर्ष  जस्तै यो वर्ष पनि  धार्मीक स्थल  गोवेश्वर धाममा भव्य मेला लाग्ने स्थानीय शंकर बिष्टले जानकाारी दिए । प्रत्येक वर्ष बिसुका दिन यो धाममा मेला लाग्ने गर्दछ । बिसुका दिन गोवेश्वर धाम नजिकको  सुर्नया नदी किनारमा  स्नान गर्नेको घुइचो हुने गर्दछ ।

यो धाममा पूजापाठ तथा स्नानका लागि सुर्नया गाउँपालिकाका विभिन्न ठाउँबाट श्रद्धालु भक्तजनहरु आउने गरेका स्थानीय विष्टले बताए । धाममा पुगेर स्नान सहित पूजापाठ गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।
 

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १५:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update