Sagun Khabar
बैतडीमा भिरबाट लडेर युवकको  मृत्यु

बैतडी- बैतडीमा भिरबाट लडेर एक युवकको  मृत्यु भएको छ। प्रहरीका अनुसार जिल्लाको मेलौली नगरपालिका   वडा नम्बर ३ का ३८ वर्षिय देव बहादुर चन्दकोे भिरबाट लडेर मृत्यु भएको हो ।

काम गरेर घरतिर फर्किरहेका बेला वडाकै  भिटा भिरबाट  लडेर चन्दको शुक्रबार बिहान  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले  जानकारी दिए ।

घटनाको थप अनुसन्धान भैरहेको  प्रहरीले  जनाएको  छ।पारिवारिक स्रोतका अनुसार उनी अविबाहित हुन् ।  

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १३:२७
प्रतिक्रिया दिनुहोस्