चरेश मुद्दामा फरार दार्चुलाका एकजना पक्राउ
दार्चुला –चरेश मुद्दामा फरार दार्चुलाका एक जना पक्राउ परेका छन् ।
जिल्ला अदालत दार्चुलाको मिति २०८२ माघ १८ गतेको फैसलाले लागूऔषध (चरेश) मुद्दामा ९ दिन कैद सजाय तोकिएका महाकाली नगरपालिका–४ बस्ने २२ वर्षीय बिजय टमटा पक्राउ परेका हुन् ।
टमटालाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो उनकै घर ठेगानाबाट पक्राउ गरेको हो ।
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३ ०८:२०
प्रतिक्रिया दिनुहोस्




