Sagun Khabar
बैतडीमा बेवारीसे  शव फेला 
Atrya hospital

बैतडी- बैतडीमा बेवारीसे   शव फेला परेको छ । जिल्लाको शिबनाथ गाउँपालिका–२ खैरेनि नजिक   महाकाली नदीको किनारमा नामथर नखुलेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय   बैतडीका  प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले  जानकरी दिए । उनका अनुसार  शुक्रबार राति  स्थानीयले  शव देखेका थिए । स्थानीयको खबर पछि प्रहरी टोलि सो ठाउँमा पुगेको  छ । 

कालो पाईन्ट, निलोकालो कलरको कलरवाला टिसर्ट लगाएको सडेको अवस्थामा अन्दाजी ३५वर्षीय पुरुष  मृत फेला परेका प्रहरी प्रवक्ता खत्री  बताए । मृत भेटिएका पुरुषको पहिचान खुलेको छैन् । शव बारे थप अनुसन्धान भैरहेको बैतडी प्रहरीले जनाएको छ । 

 

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  ०८:०४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update