Sagun Khabar
बैतडीमा ३० जना महिलालाई अचार गुन्द्रुक बनाउने तालिम 

बैतडी- बैतडीमा ३० जना महिलालाई अचार गुन्द्रुक बनाउने तालिम दिइएको छ । जिल्लाको  पाटन नगरपालिका ८, ९ र १० नं वडा भित्रका ३० जना महिलाहरुलाई  तालिम दिइएको  हो ।

 जेठ २१ गतेदेखी महिलाहरूलाई ७ दिने तालिम दिइएको पाटन नगरपालिकाका  महिला तथा बालबालिका शाखा प्रमुख बिष्ना भण्डारीले जानकारी दिइन्।  । तालिममा  वडा नं ८, ९ र १० मा रहेका महिला कृषि सहकारीमा आवद्ध ३० जना महिलाहरू सहभागि थिए ।

Atrya hospital

उनिहरुलाई  फापर, मुला, अदुवा, खुर्सानी लगायतको अचार राख्न सिकाइएको बताइएको छ ।  तालिम  पाउँदा महिलाहरु खुसि भएका छन् । तालिम समापन कार्यक्रममा पाटन नगरपालिकाका नगर उपप्रमुख कमल  सिंह बोहराले तालिममा सहभागी भएका महिलाहरूले  व्यवसायिक रुपमा अचार उत्पादन गरे  पालिकाबाट  आवश्यक सहयोग गर्न बताए ।

महिलाहरुलाई सीपसिकाएर  आत्मनिर्भर बनाउन तालिमको  आयोजना गरिएको र अगामी दिनमा पनि सीप विकास तालिम सञ्चालन हुने   नगरपालिकाले  जनाएको  छ । 

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update