Sagun Khabar
धनगढीबाट बेपत्ता भएका बैतडीका अमृत  अत्तरियामा फेला 
Atrya hospital

बैतडी- धनगढीबाट बेपत्ता भएका बैतडीका एक किशोर अत्तरियामा फेला परेका छन्। बैतडीको  सुर्नया गाउँपालिका  घर भएका १५ वर्षिय अमृत विष्ट पाँच दिन देखि बेपत्ता थिए।

धनगढी उपमहानगरपालिका वडा नम्बर–१ शिवनगरबाट १५ वर्षीय विष्ट बेपत्ता भएकोमा शनिवार अत्तरियाको लामीतालमा फेला परेका हुन्। इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार उनलाई आफन्तले फेला पारेका हुन्। उनी धनगढीको चैतन्य पाठशालामा कक्षा ९ मा अध्ययन छन्।  

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १६:४१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update