बालविवाह न्यूनीकरणका लागि अन्तरक्रिया
बैतडी–बैतडीको दशरथचन्द नगरपालिका १ गुरुखोलामा बालविवाह न्यूनीकरणका लागि अन्तरक्रिया गरिएको छ । बालक्लबका सदस्यहरुलाई बालविवाहले पार्ने असरका बिषयमा अन्तरक्रियामा जानकारी दिइएको दशरथचन्द नगरपालिकास्तरीय यूवाक्लबका अध्यक्ष उमेश बडूले बताए ।
दशरथचन्द नगरपालिका वडा नं १ को आयोजनामा अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा बालविवाहले पार्ने असरका बारेमा जानकारी दिइएको थियो । यसका साथै गाउँघरमा हुने बालविवाह रोकथामका लागि बालक्लबले खेल्नुपर्ने भूमिका बिषयमा समेत छलफल भएको बडूले बताए ।
अन्तरक्रियामा वडाका जनप्रतिनिधिका साथै गुरुखोला प्रहरीचौकीका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८० २०:०१
प्रतिक्रिया दिनुहोस्





