Sagun Khabar
दार्चुलाको पनेबाजमा पहिरो खस्यो, महाकाली राजमार्ग अवरुद्ध 

बैतडी –दार्चुलाको पनेबाजमा पहिरो खस्दा महाकाली राजमार्ग अबरुद्ध भएको छ । आज दिउँसो करिब साढे २ बजे पहिरो खस्दा राजमार्ग अबरुद्ध बनेको हो । राजमार्ग अबरुद्ध हुँदा दार्चुलाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारीसाधन बीचबाटोमै रोकिएका छन् । 

तराइबाट दार्चुलाका लागि छुटेका सवारी साधन पनि पहिरोका कारण बीचबाटोमै रोकिएका छन् । 

सडकमा खसेको पहिरो पन्छ्याउने काम शुरु भइसकेको सडक डिभिजन कार्यालय पाटन, बैतडीका सूचना अधिकारी कपिलप्रसाद पन्तले जानकारी दिए । स्काभेटर र जेसीबीले पहिरो पन्छ्याउने काम भइरहेको छ । 

माथिबाट अब पहिरो नखसेमा आज साँझदेखि नै राजमार्ग सुचारु हुने पन्तले बताए ।
 

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  १८:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update