Sagun Khabar
पुर्चौंडी नगरपालिकाले बाढी पीडितका लागि १ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने

बैतडी –बैतडीको पुर्चौंडी नगरपालिकाले बाढीबाट प्रभावित नागरिकहरुको सहयोगका लागि एक लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । 

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएका नागरिकको खोज, उद्धार, राहत र पुनस्र्थापनाका लागि नगरपालिकाकातर्फबाट १ लाख  ५० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जमा गर्ने निर्णय भएको नगर प्रमुख दिपकबहादुर बमले बताए । 

यस्तै नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको पाँच दिन बराबरको तलब समेत उक्त कोषमा जमा गर्ने निर्णय भएको उनले बताए । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले बाढी पीडितलाई सहयोग गर्ने निर्णय गरेको हो । 

यसअघि जिल्लाको दशरथचन्द नगरपालिकाले ३ लाख , पाटन नगरपालिकाले २ लाख ५० हजार, शिवनाथ गाउँपालिकाले २ लाख, दोगडाकेदार गाउँपालिकाले २ लाख, पञ्चेश्वर गाउँपालिकाले ३ लाख, मेलौली नगरपालिकाले २ लाख र सिगास गाउँपालिकाले १ लाख ५० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जमा गर्ने निर्णय गरिसकेका छन् ।
 

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  १८:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update