Sagun Khabar
दार्चुलाको शैल्यशिखरमा भदौ २१ र २२ गते गौरा पर्वको बिदा 

दार्चुला –दार्चुलाको शैल्यशिखर नगरपालिकाले भदौ २१ र २२ गते गौरा पर्वको बिदा दिएको छ । शैल्यशिखर नगरपालिका क्षेत्रमा भदौ २१ गते गौरा पर्व मनाइने भएकाले दुई दिन स्थानीय बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

आइतबार नगरकार्यपालिकाले गरेको निर्णय अनुसार गौरा पर्वको अवसरमा बिदा दिईएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवदत्त जोशीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

Atrya hospital

भदौ ७ गते गौरा नमनाएका सुदूरपश्चिमका विभिन्न ठाउँमा भोलिदेखि गौरा पर्व शुरु हुँदैछ । गौराको मुख्य दिन गौराष्टमी २१ गते परेको छ । 

Shailyashikhar1693738649.jpg

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १६:३७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update