Sagun Khabar
डोटीमा घुससहित सहायक वन अधिकृत पक्राउ 

डोटी – डोटीमा घुससहित सहायक वन अधिकृत पक्राउ परेका छन् । नगद ५ हजार घुससहित उपभोक्ताहरूले जोरायल सब डिभिजन कार्यालय डोटीका सहायक वन अधिकृत भक्तराज गिरिलाई बिहीबार नियन्त्रणमा लिएका हुन् ।

जोरायल गाउँपालिका–२ बुडरका गणेश भण्डारीलाई दाउराको छुट पुर्जी बनाइदिने भन्दै घुस मागेपछि स्थानीय सामुदायिक वनका उपभोक्ताहरूले सहायक वन अधिकृत गिरिलाई रंगेहात नियन्त्रणमा लिएका हुन् । उनलाई इलाका प्रहरी कार्यालय बुडरमा बुझाइसकिएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

आबादी जमिनको दाउराका लागि छुट पुर्जी दिन घुस माग्न थालेपछि भ्रष्ट वन अधिकृतलाइ प्रमाणसहित पक्राउ गरिएको स्थानीयले बताएका छन् । 

इलाका प्रहरी कार्यालय बुडरका सई हरिभानसिंह साउँदले वन अधिकृत गिरीसहित दुवै पक्षसँग प्रहरी कार्यालयमा छलफल भइरहेको बताए । सुरुमा सहायक बन अधिकृत गिरीले छुट पुर्जीका लागि १० हजार नगद मागेको भण्डारीको आरोप छ ।
 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update