Sagun Khabar
डोटीमा दिउँसै २ लाख ४५ हजार रुपैंया गायब 

डोटी –डोटीमा दिउँसै २ लाख ४५ हजार रुपैँया मोटरसाइकलबाटै गायब भएको छ । शुक्रवार बिहान दिपायलको पिपल्ला बजारमा पार्किङ्ग गरी राखिएको मोटरसाइकलबाट उक्त रकम गायब भएको हो । 

दिपायल सिलगढी नगरपालिका वडा नम्बर–५ का हिक्मत भण्डारीले झिल्लीमा बेरेर आफ्नो मोटरसाइकलको लेकगाडमा सो रकम झुण्डाएर ल्याएका थिए । उनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका कम्प्युटर सहायक हुन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

बैंकमा जम्मा गर्न ल्याएको रकम मोटरसाइकलमै छोडेर उनी शुक्रवार बिहान १० बजेर ७  मिनेटमा कार्यालय गएका थिए । कार्यालयको व्यस्तताले मोटरसाइकलमा राखेको पैसा सँगै लग्न भूलेका भण्डारीलाई करिब डेढ घण्टापछि याद आएको थियो । 

उनले तत्कालै प्रहरीलाई समेत खबर गरेका थिए । प्रहरीले समेत आसपास छानबिन गर्दा रकम फेला पार्न नसकेको जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update