Sagun Khabar
वडा अध्यक्षले आफु चढ्ने  मोटरसाइकल स्वास्थ्य चौकीलाई दिए
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी- डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ का वडाअध्यक्ष चन्द्रमान सुनारले आफू चढ्ने मोटरसाइकल स्वास्थ्य चौकीलाई दिएका छन्। आर्थिक वर्ष २०७९÷०८० को सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा अध्यक्ष सुनारले मोटरसाइकल चवरा चौतारा स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका हुन्।

स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष समेत रहेका सुनारले आफूले प्रयोग गर्दै आएको से १ ब १२१८ नम्बरको मोटरसाइकल स्वास्थ्य चौकी प्रमुख प्रकाशबहादुर विकलाई हस्तान्तरण गरेका हुन्। वडाको कार्य सहजताको लागि मोटरसाइकल आफूले प्रयोग गरेपनि हाल स्वास्थ्य चौकीलाई त्यसको आवश्यकता रहेकोले स्वास्थ्य चौकीलाई दिएको उनले जानकारी दिए।

 मोटरसाइकल बुझ्दै स्वास्थ्य चौकी प्रमुख प्रकाशबहादुर विकले स्वास्थ्य चौकीको एउटा आवश्यकता पूरा गरिदिएकोमा वडाअध्यक्ष सुनारलाई धन्यवाद दिए। अध्यक्षले गरेको सहयोगले बिरामीले घरमै बोलाएको बेला पैदल जानुपर्ने बाध्यताबाट थोरै भए पनि मुक्ति मिल्ने उनको भनाइ छ।

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update