Sagun Khabar
डोटीमा नवजात शिशुको शव फेला 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –डोटीमा एक नवजात शिशुको शव फेला परेको छ ।

जिल्लाको शिखर नगरपालिका–६ तीलतालीस्थित सेती नदीमा नवजात शिशुको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सीताराम बिष्टले बताए ।

८÷९ महिनाको जस्तो देखिने नबजात शिशुको शव फेला परेको उनले बताए। शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update