Sagun Khabar
डोटीमा ट्याक्टर दुर्घटना :एक जनाको मृत्यु, १९ जना घाइते 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –डोटीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । भिमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका–१ घोरडीमा सुपप्र ०१००२ त ६७२३ नम्बरको ट्याक्टर बुधवार साँझ करिब ८ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा १८ बर्षीय सालिन राना मास्के मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए । 

२४÷२५ जना मजदुर बोकेर जोरायल गाउँपालिका–१ घोरडी देखि खटेना जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा अन्य १९ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

गम्भीर घाइतेहरुको धनगढीमा उपचार भइरहेको छ भने बाँकीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  ०७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update