Sagun Khabar
भूकम्प प्रभावितलाई डोटीको बोगटान फुड्सिल गाउँपालिकाले दुई लाख सहयोग गर्ने
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –डोटीको बोगटान फुड्सिल गाउँपालिकाले भूकम्प प्रभावितहरुलाई दुई लाख रुपैंया सहयोग गर्ने घोषणा गरेको छ । शुक्रबार राति आएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिमका प्रभावित नागरिकलाई सहयोग गर्ने घोषणा गरेको हो । 

शनिबार गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले एक विज्ञप्ति जारी गर्दै सहयोगको घोषणा गरेका हुन् । 

पालिकाको तर्फबाट जाजरकोट र रुकुमपश्चिम जिल्ला विपद् व्यवस्थापन समितिको राहत कोषमा एक÷एक लाख रुपैंया उपलब्ध गराउने विज्ञप्तीमा उल्लेख गरिएको छ । 
bogatan1699096361.jpg

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update