Sagun Khabar
डोटीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ५ जना घाइते 

डोटी– डोटीमा जिप दुर्घटना हुँदा ८ महिने शिशुसहित ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । केआईसिंह राजमार्ग अन्तरगत शिखर नगरपालिका वडा नं ६ अण्डौलमा जिप दुर्घटनामा परेको हो । 

धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जिप गएराति २ बजेर २८ मिनेटमा दुर्घटना हुँदा बाजुराको हिमाली गाँउपालिका वडा नं ५ बस्ने २२ बर्षीया राधिका मलाल, ३२ बर्षीया धनशोभा बुढा, उनका ६ बर्षीय छोरा कबिन्द्र बुढा, सोही गाँउकी बिमला मलालकी ८ महिने छोरी प्रार्थना मलालको मृत्यु भएको प्रहरीले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

घाईते ५ जनाको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भईरहेको छ ।

जिप सडकबाट ५० मिटर तल सेती नदिमा खसेको प्रहरीले बताएको छ ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ०७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update