Sagun Khabar
डोटीमा साउन १५ गते सम्म निषेधाज्ञा थपियो 

डोटी –डोटीमा जारी निषेधाज्ञाको अवधि थप गरिएको छ । मंगलबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले श्रावण १५ गतेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

जिल्लामा गत वैशाखदेखि आठौं पटक निषेधाज्ञा थपिएको छ । निषेधाज्ञा थपिएको भएपनि केही खुकुलो भने बनाइएको छ । जिल्लाभित्र सार्वजनिक सवारी सञ्चालन भईरहेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update