Sagun Khabar
डोटीमा जिप दुर्घटना : दुई जना घाइते 

डोटी –डोटीमा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । 

जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाबाट दिपायल तर्फ आउँदै गरेको सु.प.प्र.०३००१ज ०००५ नम्बरको बोलेरो जिप आइतबार दिउँसो केआइसिंह गाउँपालिका २ बुहार भन्ने स्थानमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

दुर्घटनामा परी जिप चालक चालक के आई सिंह गाउँपालिका वडा नम्बर ६ भाटगाउँका ३० बर्षीय टेकबहादुर भाट र जिपमा सवार बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर २ कानाचौरका १९ वर्षीय वीरेन्द्र बोहरा घाइते भएका उनले बताए । 

घाइते दुवैको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । जिपमा दुई जना मात्रै सवार रहेको बुझिएको छ । 

जिप सडक बाट ६० मिटर तल खसेको छ । जिपको ब्रेक फेल दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।  
 

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update