Sagun Khabar
डोटीको एक घरमा आगलागी 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –डोटीको एक घरमा आगलागी भएको छ ।

जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ उडितोलाका ५० वर्षीय छत्रबहादुर खड्काको घरको पूजा कोठामा करेन्ट सर्ट भई आइतवार राति आगलागी भएको हो । 

आगलागीबाट कोठाभित्र रहेका सामान, नगद तथा सुनका गरगहना जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update