Sagun Khabar
बैतडीको दोगडाकेदारमा एक युवक मृत फेला 

बैतडी –बैतडीको दोगडाकेदारमा एक युवक मृत फेला परेका छन् । 

दोगडाकेदार गाउँपालिका वडा नं ४ मल्लीओढार बस्ने अन्दाजी २२÷२३ बर्षीय तर्कराम महर शुक्रबार बिहान १० बजेतिर मृत फेला परेका हुन् । 

घरबाट करीब ५ सय मिटर टाढा रहेको गोदेखोला वनमा मछाइनोको रुखमा झुण्डिएको अवस्थामा महर फेला परेका हुन् । 

मृतक महरका भाइ कृष्णराम महरले झुण्डिएको अवस्थामा दाजुलाई देखेपछि पासो काटेर घरमा ल्याएका थिए । तर घरमा पुर्याउँदा उनको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । 

घटनाको कारण खुल्न सकेको छैन् भने प्रहरीले घटनाका बिषयमा थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक केसीले बताए ।  
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १५:३२
प्रतिक्रिया दिनुहोस्