Sagun Khabar
धनगढी बजारमा भिषण आगलागी, एक अस्पतालसहित ८ पसलमा क्षति 

कैलाली –धनगढी बजारमा भिषण आगलागी भएको छ । धनगढीमा विद्युत सर्ट भएर आगलागी भएको हो । धनगढीको मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पतालसहितका पसलमा राति करीब १ बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

विद्युत सर्ट भएर आगलागी हुँदा सारथी अस्पताल, भण्डारी सुज सेन्टर लगायतका ८ ओटा पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुल्दीप चन्दले जानकारी दिए । स्थानीय दलबहादुर भण्डारीले सञ्चालन गरेको सुज सेन्टरमा एक्कासी विद्युत सर्ट भएर आगलागी भएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) देबेन्द्र पालले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक पालले बताए । 

आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीसहित नेपाली सेनाको तेघरी ब्यारेक र सशस्त्र प्रहरीको ३४ नम्बर गण कैलालीको टोली समेत परिचालन गरिएको थियो ।

क्षतिको एकीन विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  ०७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update