Sagun Khabar
बैतडीको सिगासका विद्यालयमा तीन दिन बिदा, दोगडाकेदारका विद्यालय पनि शुक्रबार बन्द रहने  

बैतडी–बैतडीको सिगास गाउँपालिकाले पालिकाभरीका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा तीन दिन बिदा दिएको छ । 

जल तथा मौसम विज्ञान विभागले ठूलो बर्षाको सम्भावना रहेको जानकारी गराएपछि गाउँपालिकाभरीका सामुदायिक र संस्थागत विद्यालयहरुमा भोलिदेखि असोज ११ गतेसम्म बिदा दिइएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि केन्द्रीय परिपत्र अनुसार विद्यालयहरुमा बिदा दिइएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

यस्तै जिल्लाको दोगडाकेदार गाउँपालिकाले पनि भोलि (शुक्रबार) एक दिनका लागि पालिकाभरीका विद्यालयमा बिदा दिएको छ । जल तथा मौसम विज्ञान विभागले बर्षाको सम्भावना रहेको जनाएपछि विद्यालयहरुमा बिदा दिइएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

विपद्को जोखिम न्यूनीकरणका लागि पूर्व तयारी तथा सचेतता अपनाउन आग्रह गरिएकाले विद्यालयहरुमा बिदा दिएको गाउँपालिकाले उल्लेख गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  १६:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update