Sagun Khabar
डोटीमा एक किशोरीमाथि सामूहिक करणी, तीन जना पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

डोटी –डोटीमा एक किशोरीमाथि सामूहिक करणी भएको छ । जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर २ का तीन युवक सामूहिक करणीको आरोपमा पक्राउ परेका छन् । बडीकेदार गाउँपालिका वडा नम्बर २ का १८ वर्षीय गोपाल साउँद, १९ वर्षीय करन साउँद र २६ वर्षीय प्रेम धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

उनीहरूले मंसिर १ गते साँझ साढे ६ बजे १७ वर्षीय किशोरीलाई सामूहिक जबरजस्ती करणी गरेको आरोप छ । घटना १ गतेको भएपनि प्रहरीलाई २ गते सूचना प्राप्त भएपछि आरोपित तीनै जनालाई सोही दिन प्रहरीले नियन्त्रणमा हो । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update