
बैतडी–बैतडीको सुर्नया गाउँपालिका ६ मूलखटालीकी जानकी पन्त अवस्थीको उपचारमा आर्थिक अभाव भएको छ । क्यान्सर रोगबाट पीडित २८ बर्षीय जानकीको उपचारमा आर्थिक अभाव हुँदा उपचारमै समस्या भएको उनका श्रीमान देवराज अवस्थीले बताए ।
विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा उपचार गराइरहेकी जानकीको घरको आर्थिक अवस्था नाजुक रहेको छ । तीन सन्तानकी आमा जानकी २८ बर्षकै कलिलो उमेरमा क्यान्सर रोगले पीडित भएपछि उनले सहयोगका लागि सबै सहयोगी मनहरुलाई आग्रह गरेकी छन् ।
गएको भदौबाट उपचार गराइरहेकी उनलाई अहिले उपचारमा आर्थिक अभाव भएकाले सहयोग गरिदिन उनका श्रीमान देवराज अवस्थीले अपिल गरेका छन् ।
जानकी अवस्थीलाई उपचारमा सहयोग गर्नुहुने महानुभावहरुले उनका श्रीमान देवराज अवस्थीको मोबाइल नम्बर ९७६२४८९४०५ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
यस्तै सिटिजन बैंक भरतपुरमा देवराज अवस्थीको नाममा रहेको खाता नम्बर १४९०१०००००७१३०४१ मा सहयोग रकम जमा गर्न सकिनेछ ।