बेहुलाले बेहुलीसहित चार जनालाई गोली हानेपछि ...
                        
                        
                                                
                                            
                                                                    थाइल्यान्डमा एक व्यक्तिले आफ्नै विवाहमा बेहुलीसहित चार जनालाई गोली हानेका छन् । थाइल्यान्डका पूर्वसैनिक तथा पौडी खेलाडी २९ वर्षीय चतुरोङ सुक्सुकले आफ्नो विवाहमा आफैँलाई गोली हान्नुअघि दुलही ४४ वर्षीया कञ्चना पचुन्थुक र अरू तीन जनालाई गोली हानेका प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।
विवाह समारोह चलिरहेका बेला समारोह छोडेर निस्किएका बेहुला केहीबेरमा बन्दुक लिएर आई गोली चलाएका बीबीसीको खबरमा उल्लेख छ । गोली लागेका सबैकाे ज्यान गएकाे प्रहरीले जनाएको छ । गोली चलाउनुकाे कारण भने खुलेको छैन ।
चतुराेङले गएकाे वर्ष इन्डाेनेसियामा भएकाे एसियन पारा गेम्स पाैडीमा रजत पदक जितेका थिए ।
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १६:०९
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
